
✦ SAT Math
✦ Reading & Writing
✦ Practice tests
✦ Study resources
MKS Education
☎ 9818173800
Class मा बुझ्नुहोस् · App मा practice गर्नुहोस् · Teacher सँग सुधार्नुहोस्
SAT · Admission अघि जान्नुपर्ने कुरा
SAT तयारीका लागि Class, LMS App र पूरा Support
आफ्नो target score का लागि Math र Reading & Writing को बलियो तयारी गर्नुहोस्। MKS मा live class, आफ्नै SAT LMS App र full-time instructor को guidance सँगै पाइन्छ।
तपाईंको तयारीको बाटो: Class → LMS Practice → Feedback → सुधार
Math मा Manoj K. Singh — २००७ देखि। R&W मा batch अनुसार Sneha Karki वा Nadeem Mansuri। Nadeem २०१७ देखि सक्रिय हुनुहुन्छ। आफ्नो instructor र time admission team सँग मिलाउनुहोस्।
आफूलाई मिल्ने Class ModePhysical · Online · Hybrid
सबै Mode मा RecordingOnline र Physical दुवैलाई
४ + २ = ६ महिनाको AccessClass + LMS सँग नियमित तयारी
Unlimited Study SupportTeacher + WhatsApp Group
१ · Class Mode रोज्नुहोस्
Online, Physical वा Hybrid—तपाईंलाई जे मिल्छ।
तलको tab थिचेर आफ्नो mode हेर्नुहोस्। तीनै mode मा class, LMS access, recording र study support पाइन्छ।
Putalisadak मा आएर Class लिनुहोस्।
MKS Education, Shankerdev Campus को अगाडि, Putalisadak मा instructor सँग प्रत्यक्ष पढ्नुहोस्। नबुझेको कुरा class मै सोध्नुहोस्।
- सोमबारदेखि शुक्रबार नियमित class लिनुहोस्।
- घरमा LMS बाट practice र revision गर्नुहोस्।
- Physical class का विद्यार्थीलाई पनि recording दिइन्छ।
पहिलो Class अघि
Admission team सँग batch र class time मिलाउनुहोस्। Notebook र आफ्नो MKS account तयार राख्नुहोस्।
घरबाटै Live Online Class लिनुहोस्।
MKS ले दिएको Microsoft Teams account बाट live class मा जोडिनुहोस्। Instructor को explanation हेर्न, सुन्न र प्रश्न सोध्न मिल्छ।
- राम्रो internet, computer र audio तयार राख्नुहोस्।
- Class पछि LMS मा सम्बन्धित topic को practice गर्नुहोस्।
- Class recording १० दिनभित्र फेरि हेरेर revision गर्नुहोस्।
सुरु कसरी गर्ने?
Team ले account र सही class मा जोडिन सहयोग गर्छ। Class अघि computer वा phone मा Teams install गर्नुहोस्।
कहिले Physical, कहिले Online—Hybrid Class।
मिलेको दिन classroom मा आउनुहोस्, आवश्यक पर्दा online जोडिनुहोस्। आफ्नो attendance plan team सँग मिलाउनुहोस्।
- एउटै course र topic cycle अनुसार पढाइ जारी राख्नुहोस्।
- दुवै mode मा LMS र class recording पाइन्छ।
- Mode परिवर्तन गर्दा support team लाई खबर गर्नुहोस्।
सुरु कसरी गर्ने?
आफ्नो समयअनुसार class लिनुहोस्। Regular practice, revision र instructor सँगको छलफलले तयारी अगाडि बढाउनुहोस्।
Class कसरी चल्छ? सोमबारदेखि शुक्रबार ८ हप्ताको rolling cycle हुन्छ। आफूले सुरु गरेको topic फेरि नआउन्जेल पूरा round पढ्नुहोस्। ६ महिनाको access भित्र revision र practice गर्दै जानुहोस्।
MKS मा तपाईंले पाउने साथ
तयारीदेखि Test Date सम्म, हाम्रो साथ।
Class सँगै नियमित practice, feedback र support पाउँदा आफ्नो तयारी व्यवस्थित बनाउन सजिलो हुन्छ।
01
Full-time, Score-oriented Guidance
हाम्रा full-time instructors ले तपाईंको कमजोर topic बुझेर concept, practice र revision मा साथ दिन्छन्। नियमित feedback लिएर target score तर्फ अघि बढ्नुहोस्।
02
Unlimited Support + WhatsApp
छुट्टै class group र community group मा जोडिनुहोस्। 24×7 आफ्ना प्रश्न राख्न मिल्छ। Class, practice वा app मा अड्किँदा teacher र support team सँग सहयोग लिनुहोस्।
03
Test Date Booking मा सहायता
SAT exam को date छान्ने र booking process मा हामी सहयोग गर्छौँ। आफूलाई मिल्ने date र तयारीको समय team सँग मिलाएर plan गर्नुहोस्।
04
Self-study + Class को Guidance
International स्तरको LMS App मा आफ्नै गतिमा पढ्नुहोस्। Class को explanation, App को practice र teacher को feedback सँगै लिएर तयारीमा confidence बढाउनुहोस्।
२ · Class पछि पनि नियमित Practice
International स्तरको आफ्नै SAT LMS App
LMS भनेको तपाईंको online study portal हो। sat.mksprep.com मा Math, R&W, tests र resources एकै ठाउँमा पाइन्छ। आफ्नै गतिमा self-study गर्नुहोस्। Class को guidance र App को practice जोडेर target score तर्फ तयारी गर्नुहोस्।
यी SAT portal को practice library का संख्या हुन् (२९ अक्टोबर २०२६ को गन्ती)। Official SAT exam का प्रश्न र समय तलको table मा छन्।
01
SAT Math
Concept र example बुझेर practice गर्नुहोस्। Algebra, Advanced Math, Data Analysis, Geometry र Trigonometry का skills बलियो बनाउनुहोस्।
Math का Course Links हेर्नुहोस्
02
Reading & Writing (R&W)
छोटो passage बुझ्ने, evidence खोज्ने र English sentence सुधार्ने practice गर्नुहोस्। अनुमानको सट्टा सही reason का आधारमा answer छान्न सिक्नुहोस्।
R&W का Course Links हेर्नुहोस्
03
Timed tests
समयभित्र प्रश्न हल गर्ने बानी बसाल्नुहोस्। Practice test दिएर गल्ती review गर्नुहोस् र गाह्रो प्रश्न instructor सँग छलफल गर्नुहोस्।
Test Links हेर्नुहोस्
04
Lessons & resources
Class पछि explanation, study material र video बाट revision गर्नुहोस्। कमजोर topic सुधार्न teacher ले सिफारिस गरेको resource प्रयोग गर्नुहोस्।
Study Resources हेर्नुहोस्
४ + २ = ६ महिनाको Access: सुरुको ४ महिनापछि थप २ महिनासहित class र LMS मा कुल ६ महिनाको access पाइन्छ। थप access activate गराउन आफ्नो MKS ID सहित team लाई सम्पर्क गर्नुहोस्। Account वा access मा समस्या आए हामी सहयोग गर्छौँ।
Live class का लागि MKS ले दिएको Teams account प्रयोग गर्नुहोस्। Microsoft Teams डाउनलोड गर्नुहोस्। Admission पछि आफ्नो class र WhatsApp group मा team ले जोडिदिन्छ।
MKS SAT App & Web Portal
App डाउनलोड गर्न वा Web Portal खोल्न QR स्क्यान गर्नुहोस् वा तलको बटन थिच्नुहोस्।
Android
MKS SAT on Google Play

iPhone & iPad
MKS SAT on the Apple App Store

Web Portal
Open MKS SAT in your browser

Admission पछि: तपाईंको MKS account र course access activate हुन्छ। Desktop App पनि team ले तपाईंको computer मा install र setup गरिदिन्छ। Mobile र computer दुवैबाट आफ्नो तयारी जारी राख्नुहोस्।
३ · GMAT Exam बुझ्नुहोस्
Digital SAT मा के–के आउँछ?
SAT धेरै universities ले admission मा प्रयोग गर्ने College Board को test हो। अहिलेको Digital SAT मा Math र Reading & Writing गरी दुई sections हुन्छन्।
2 hr 14 minExam समय, break बाहेक
98 questions54 R&W + 44 Math
2 sectionsहरेक section मा २ timed modules
Mobile मा पूरा table हेर्न दायाँ–बायाँ सार्नुहोस्।
| Section | Questions | Time | Your MKS class |
|---|---|---|---|
| Reading & Writing (R&W) | 54: two modules of 27 | 64 minutes: 32 + 32 | Sneha Karki or Nadeem Mansuri, depending on your batch |
| Math | 44: two modules of 22 | 70 minutes: 35 + 35 | Manoj K. Singh |
पहिले R&W, त्यसपछि १० मिनेटको break र अन्तिममा Math हुन्छ। हरेक section को पहिलो module मा गरेको performance अनुसार दोस्रो module को difficulty तय हुन्छ। MKS practice सँगै official College Board practice पनि गर्नुहोस्।
Official जानकारी: College Board SAT structure। २९ अक्टोबर २०२६ मा जाँचिएको format।
४ · Recording बाट Revision
Class छुटे पनि, Recording बाट फेरि बुझ्नुहोस्।
Online, Physical र Hybrid—तीनै mode का विद्यार्थीलाई class recording दिइन्छ। Microsoft Teams मा explanation फेरि हेर्नुहोस्, note बनाउनुहोस् र त्यसपछि LMS मा सम्बन्धित practice गर्नुहोस्।
- आफ्नो Teams class खोलेर recording हेर्नुहोस्।
- १० दिनभित्र recording हेरेर revision गर्नुहोस्।
- नबुझेको कुरा instructor वा WhatsApp group मा सोध्नुहोस्।
१० दिनTeams मा Recording उपलब्ध रहन्छ
Recording १० दिनसम्म Teams मा रहन्छ। समयमै हेरेर आफ्नो revision पूरा गर्नुहोस्।
Class वा recording भेटिएन भने class को नाम र चाहिएको lesson सहित support team लाई भन्नुहोस्।
तपाईंको MKS Team
Full-time Instructor र तपाईंलाई साथ दिने Team
Manoj K. Singh — Math मा २००७ देखि सक्रिय हुनुहुन्छ। R&W मा batch अनुसार Sneha Karki वा Nadeem Mansuri ले पढाउनुहुन्छ; Nadeem २०१७ देखि सक्रिय हुनुहुन्छ। हाम्रा full-time, score-oriented instructors र MKS team ले study planning, admission, class access र app setup मा साथ दिन्छन्।







